थप दुई क्रिकेट खेलाडीले तलब पाउने
barnanmedia.com · Sat Dec 07 22:24:04 GMT 2024
सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक रु १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो ।
मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन् । यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)