आईपीएलः मुम्बईलाई पराजित गर्दै राजस्थान प्लेअफमा
canadanepal.com · Sun May 24 14:51:34 GMT 2026

काठमाडौँ-राजस्थान रोएल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ। मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थानले प्लेअफमा स्थान बनाएको हो।
जितपछि चौथो स्थानमा उक्लिएको राजस्थानको १६ अंक भएको छ । राजस्थानको जितले १५ अंकमा पाँचौ स्थानमा रहेको पञ्जाव किङ्स र अन्तिम खेल बाँकी रहेको कोलकात्ता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। कोलकात्ताको १३ अंक छ । लिग चरणको अन्तिम खेलमा आजै राति कोलकात्ता र देल्ली क्यापिटल्सबीच खेल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)