सुष्मा आज स्वर्णका लागि भिड्दै
nayapatrikadaily.com · Wed Jan 25 00:44:00 GMT 2023
नेपालको बक्सिङ खेलवृत्तमा बुधबार एउटा कथा रचिन सक्छ । अब एक मात्र जितपछि सुष्मा तामाङले नेपालको बक्सिङ इतिहासमै कीर्तिमान कोर्नेछिन् । थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको एएसबिसी यू–२२ महिला बक्सिङ च्याम्पियनसिपमा सुष्माले बुधबार स्वर्ण पदकको भिडन्तका लागि उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । एसियालीस्तरमा कुनै पनि नेपाली पहिलोपटक फाइनलमा पुगेको यो नै हो ।
यसअघि नेपाली मुक्केबाज एसियन प्रतियोगिताको सेमिफाइनलभन्दा माथि उठ्न सकेका थिएनन् । थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन जारी राखेकी सुष्माले गत आइतबार प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई आरएससीका आधारमा पराजित गर्दै ऐतिहासिक रूपमा फाइनल स्थान सुरक्षित गरेकी थिइन् । सुष्माले मंगोलियन खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्दा तेस्रो राउन्डमा हराएकी थिइन् । रेफ्री स्टोप कन्टेस्ट (आरएससी)का आधारमा सुष्मालाई विजयी घोषणा गरिएको थियो । सुष्माले क्वार्टरफाइनलमा भियतनामकी क्युनहानलाई ५–० अंकका आधारमा हराएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)