पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छ : मन्त्री पोखरेल
nepalnews.com · Wed Jun 17 10:23:11 GMT 2026

सुर्खेत। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए। उनले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)