मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली  सर्टिफिकेट देखाएर सरकारी जागिर खाने बिना कुमारी राई अख्तियारको फन्दामा

arthadabali.com · Wed Jun 17 10:24:18 GMT 2026

काठमाडौं/ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवासुविधा लिएको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेकी छन् । आज उनलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगका अनुसार बिना कुमारी राईले जय भवानी माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताको पदमा नियुक्ति लिन कक्षा ८ तथा एसएलसीको लब्धाङ्क पत्र (मार्कसिट) र चारित्रिक प्रमाणपत्र लगायतका झुट्टा तथा नक्कली शैक्षिक योग्यताका कागजात पेस गरेको सम्बन्धमा उजुरी परेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)