नेपाल–भारत सीमामा ४२ नयाँ सीमा स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार
gorkhapatraonline.com · Wed Jun 17 10:24:30 GMT 2026

नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । तीन महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको हो । सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने तथा अभिलेख अद्यावधिक गर्ने काम गरिएको छ ।
नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय बैठकपछि गठन गरिएको फिल्ड सर्वेक्षण टोली नम्बर ३ ले नवलपरासीको त्रिवेणीघाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमा क्षेत्रमा कार्य गरेको थियो । टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला रहे पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मतसम्भारको काम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)