प्रेस काउन्सिलको ‘मिडिया इयर बुक’ सार्वजनिक
ratopati.com · Sat Oct 05 18:05:00 UTC 2024

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवका अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी ‘मिडिया एयर बुक’ प्रकाशन गरेको छ । यो प्रकाशन अङ्ग्रेजी भाषामा छ ।
नेपाली सञ्चारमाध्यमको समग्र अवस्थाबारे अङ्ग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । विशेषत तीव्र रूपमा विकास भइरहेको सञ्चारमाध्यमको क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृत्ति, नीति र कार्यक्रमहरूको विवेचना गर्दै यो वर्ष पुस्तक प्रकाशन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)