मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ह्वाइट हाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग

barnanmedia.com · Mon Nov 24 21:55:00 GMT 2025

न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नुभएको छ । भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।

शनिबार एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर–निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ मान्ने दाबी दोहो¥याउनुभयो । यद्यपि उहाँले शुक्रबारको संवादलाई ‘फलदायी र सद्भावपूर्ण’ भएको भन्दै दुवैबीच सहरका किफायती चुनौती तथा नागरिक जीवनसँग सम्बन्धित गम्भीर विषयमा गहन छलफल भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)