राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप संकलन आह्वान
nepalnews.com · Wed Jun 17 10:35:37 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासनको आह्वान गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ बजेदेखि अनलाइन बिडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ। राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)