मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लियो ज्यान

nepalviews.com · Fri Jun 05 13:44:31 GMT 2026

झापा । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको छ। प्रारम्भिक अनुसन्धानले रकमको विवादका कारण हत्या भएको देखाएको छ।

गत जेठ १६ गते दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बोराभित्र महिलाको शव फेला परेको थियो। शव फेला परेपछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको थियो। प्रारम्भिक रूपमा शवको पहिचान हुन नसके पनि पछि उक्त शव दमक–८ निवासी रमा तिवारीको रहेको पुष्टि भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय