अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदन : सम्झौतापछि पनि इरानले होर्मुज बन्द गर्ने सम्भावना कायमै
nepalbahas.com · Wed Jun 17 10:29:17 GMT 2026

अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदन : सम्झौतापछि पनि इरानले होर्मुज बन्द गर्ने सम्भावना कायमै
३ असार, काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन प्रतिवेदनले इरानले युद्धपछि स्ट्रेट अफ होर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गर्नसम्ने औल्याएका छन् । सिएनएनका अनुसार आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौता महत्वपूर्ण हुनेछ ।
यसका बावजुद महत्वपूर्ण होर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुन सक्ने मूल्यांक प्रतिवेदनले जनाएको छ । इरान पछिल्लो समयमा अमेरिकाको प्रतिद्धन्दी बनी खाडी देशहरूको ऊर्जा पूर्वाधारमा आक्रमणको फाइदा उठाउन सिकेको मूल्यांकन गरिएको छ ।
प्रति आक्रमण स्वरुप इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरेको थियो । हाल इरानलाई होर्मुज जलमार्ग माथि वास्तविक नियन्त्रण हस्तान्तरण गरेको जनाउदै यो अधिकार कुनै पनि आणविक हतियार भन्दा बढी शक्तिशाली हतियार भएको अमेरिकी गुप्तचर मूल्याङ्कनसँग परिचित स्रोतलाई उल्लेख गर्दै सिएनएनले बताएको छ ।
युद्ध अन्त्य गरी हार्मुज जलमार्गलाई पूर्ण रूपमा पुनः खोले पछि हुने इरानीहरूको निरन्तर लाभलाई जोड दिँदै यसको लागि इरानसँग गहन वार्ता गर्नु परेको अमेरिकाले जनाइएको छ । अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने इरान सम्झौता बारे बोल्दै सम्झौता अनुसार इरानसँग आणविक हतियार हुन नसक्ने तथा होर्मुजको जल मार्ग खुला हुनु पर्ने लगाएतका विषय खुलासा गरेका छन् ।
यी सर्तहरु पालना गरे भने धेरै फाइदाहरू रहेको उल्लेख गर्दै इरानीहरूले सर्तहरु पालना नगरे केही पनि उनले नपाउने बताएका छन् । सम्झौताको सामग्री र अन्य जोखिमहरूको अनिश्चितता पनि स्ट्रेट अफ होर्मुजमा रहेको ढुवानी उद्योगका अधिकारीहरू र जहाजको आवागमन यिमन गर्ने विज्ञहरूलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानसँगको सम्झौताको ढाँचा “एक–दुई दिनमा“ सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले गत आइतबार इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ तर पूर्ण पाठ सार्वजनिक रूपमा खुलासा गरिएको छैन ।
गुप्तचर एजेन्सी
प्रतिवेदन
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
मे महिनामा मात्रै चीनले गरयो ९ लाख ३० हजार सवारीसधान निर्यात
असार ३, २०८३ बुधबार
प्रश्नपत्र लिक प्रकरणपछि भारतले टेलिग्राममाथि नियन्त्रण बढायो
असार २, २०८३ मंगलबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४३ जना पक्राउ
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
असार २, २०८३ मंगलबार
२
सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
असार २, २०८३ मंगलबार
३
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
असार ३, २०८३ बुधबार
छुटाउनुभयो कि?
एलजीबीटीक्यू समुदायबाट सगरमाथाको चुचुरोमा पुगिन् निलम पौडेल ( फोटो फिचर )
असार ३, २०८३ बुधबार
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
असार ३, २०८३ बुधबार
अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदन : सम्झौतापछि पनि इरानले होर्मुज बन्द गर्ने सम्भावना कायमै
असार ३, २०८३ बुधबार
प्युठानको नौबहिनी झरना
असार ३, २०८३ बुधबार
नेपाल–भारत सहकार्यमा पूर्वी सीमाका स्तम्भ मर्मत
असार ३, २०८३ बुधबार
सामान्य सुधारले २७०५ अंकमै थामियो नेप्से, कारोबारमा आएका १३ समूहमध्ये ५ वटाको परिसूचक बढ्यो
असार ३, २०८३ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प