मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनार्दन शर्माको गम्भीर चेतावनी: 'कम्युनिस्ट आन्दोलन विघटनको अन्तिम सँघारमा पुगिसक्यो'

barnanmedia.com · Wed Jun 17 10:32:06 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा फसेको भन्दै विघटनको अन्तिम संघारमा पुगेको चेतावनी दिएका छन्।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट नेताहरूले मार्क्सवादी दर्शनलाई व्यवहारमा लागू गर्न नसकेको आरोप लगाउँदै ‘भनाइमा भौतिकवादी, जीवनमा आदर्शवादी’ प्रवृत्तिका कारण आन्दोलन कमजोर बन्दै गएको बताए।

उनले किताबी दर्शन र वास्तविक जीवन व्यवहारबीचको गहिरो अन्तरविरोध, संसदवादप्रतिको अत्यधिक मोह तथा जडसूत्रीय सोचका कारण कम्युनिस्ट आन्दोलन आफ्नो मूल लक्ष्यबाट विचलित भएको टिप्पणी गरे।

शर्माका अनुसार मार्क्सवादी दर्शनको सार केवल व्याख्या गर्नु नभई समाज परिवर्तन गर्नु हो। तर नेतृत्व तहमै दर्शन र व्यवहारबीच ठूलो खाडल देखिएकाले आन्दोलनको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको उनले बताए।

कम्युनिस्ट आन्दोलनभित्र एकातिर संसदवादको प्रभाव बढ्दै जानु र अर्कोतिर मार्क्सवादलाई संकुचित तथा जडसूत्रीय रूपमा बुझ्ने प्रवृत्तिले आन्दोलनलाई थप कमजोर बनाएको उनको निष्कर्ष छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)