पुर्ख्यौली पेसाबाट विस्थापित हुँदै दलित समुदाय
ratopati.com · Sat Oct 05 21:28:00 UTC 2024

कञ्चनपुर । यहाँका दलित समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन थालेका छन् । आफ्नो पेशा व्यवसायले जीविकोपार्जन गर्न नसक्ने स्थिति भएपछि उनीहरू पेशाबाटै विस्थापित हुन थालेका हुन् । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन् । युवाहरू जीविका चलाउन भारतमा दरवान, कुल्ली र अन्य जोखिमयुक्त काम गर्न गइरहेका छन् ।
ऐतिहासिकरुपमा दलित समुदायले बाजा बजाउने, सिलाइकटाइ, जुत्ता बनाउने, माटोका भाँडाकुँडा बनाउने, बेतबाँस, सुनचाँदी, मादल बनाउने, कृषि औजार निर्माण गर्ने, घरायसी रूपमा प्रयोग हुने धातुका भाँडाकुँडा बनाउने काम गर्ने गरेका थिए । तर अहिले यी काममा दलित समुदायको सक्रियता घट्दो छ । पुस्तौँदेखिको परम्परागत सीपलाई आधुनिकीकरण गर्न नसक्दा दलित युवाहरू पलायन हुन थालेका दलित अधिकारकर्मी शिवी लुहारले बताए। 'दलित समुदायले अपनाउँदै आएको पेसा व्यवसाय गैरदलित समुदायले आधुनिक तरिकाले गर्न थालेपछि प्रतिस्पर्धा गर्न नसक्दा पलायन हुनुपरेको छ,' उनले भने, 'दलित समुदायको अर्थावस्था कमजोर हुँदा आवश्यक पुँजी अभावमा परम्परागत पेसालाई आधुनिकीकरण गर्न राज्य पक्षबाट सहयोग आवश्यक पर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)