रवि लामिछानेका कार्यक्रम बिथोल्ने गरी प्रदर्शन
barnanmedia.com · Sat Oct 05 21:27:06 UTC 2024

सहकारी ठगीमा संसदीय समितिको कारबाहीको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका हरेक कार्यक्रममा बिथोल्ने गरी प्रदर्शन हुन थालेको छ।
कार्यक्रम नै बिथोलिन थाले पछि आक्रोशित बनेका रविका कार्यकर्ता भिड्न थालेका छन्। भिड्न आउनेलाई सहकारी पीडितहरूले लखेटेका छन्। कार्यक्रमैपिच्छे विरोध प्रदर्शन भएको छ।चितवनको मुग्लिङमा सहकारी पीडितले सभापति लामिछानेलाई कालोझण्डा देखाएको भोलिपल्टै शनिवार भरतपुरस्थित नारायणकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहँदा विरोध प्रदर्शन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)