पाकिस्तानको उत्तर-पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ जना प्रहरीको मृत्यु
gorkhapatraonline.com · Sun May 10 07:21:18 GMT 2026

पाकिस्तानको उत्तर/पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ जना प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । विस्फोटपछि केही सशस्त्र समूहका सदस्यले चौकीमा प्रवेश गरी प्रहरीमाथि गोली चलाएको जनाइएको छ । बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ जना प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)