मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा यसवर्ष चट्याङका कारण ३०० जनाको मृत्यृ

barnanmedia.com · Sat Oct 05 21:45:44 UTC 2024

बंगलादेशमा यसवर्ष चट्याङका कारण करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यसवर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो । सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)