सिन्धुपाल्चोकका सबै स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न माग
barnanmedia.com · Sat Oct 05 21:48:58 UTC 2024

सिन्धुपाल्चोकबाट सङ्घीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले केही दिनअघिको बाढीपहिरोबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न माग गरेका छन् ।
संघीय सांसद माधव सापकोटाको नेतृत्वमा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, सरल सहयात्री पौडेल, अमृता नेपाल र कुमारी तामाङले शनिबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमार्फत संकटग्रस्त क्षेत्रको सूची पुनरावलोकन गरी बढी क्षति भएका अन्य पालिकालाई पनि समावेश गर्न सरकारसँग माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)