मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हिमाल र योङगीलाई टेबलटेनिसको स्वर्ण

ekantipur.com · Sat Oct 05 23:21:18 UTC 2024

काठमाडौँ — हिमाल विष्ट र योङ्गी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन् । यू–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा योङगी विजेता भएका हुन् । दुवै होप्स टेबलटेनिस एकेडेमीका हुन् ।

आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको ब्वाइज फाइनलमा हिमालले यल टबेलटेनिसका विशाल गोलेलाई ७–११, १४–१२, ११–९, १२–१०, ५–११, ११–२ को सेटमा पराजित गरे । होप्सका रितिम गुरुङ र यलकाका एलेन महर्जन तेस्रो भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)