धावक शम्भुले सिकागो म्याराथन दौड्ने
ekantipur.com · Sat Oct 05 23:22:30 UTC 2024
काठमाडौँ — भेट्रान धावक शम्भुप्रसाद दाहालले सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।
उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठितमध्ये लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन् । उनले चारै म्याराथन पूरा पनि गरेका छन् । ४ घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट टाइमिङ हो । उक्त समय उनले बोस्टन म्याराथनमा कायम गरेका थिए । उनले सिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने लक्ष्य राखेका छन् । शम्भु बुधबार अमेरिका प्रस्थान गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)