मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा वडास्तरमा समेत अनुगमन

rajdhanidaily.com · Sat Oct 05 23:18:44 UTC 2024

पोखरा । पोखरा महानगरपालिकाले विभिन्न खाद्यान्न पसलमा चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ । दशैँतिहार लगायतका ठूला चाडपर्वमा धेरै खाद्य सामग्री खपत हुने भएकाले व्यापारीले उपभोक्ता ठगी गर्न मूल्यवृद्धि गर्ने, म्याद गुज्रेका सामान बिक्री वितरणका राख्ने, कालोबजारी गर्ने, खाद्य सामग्रीमा मिसावट गर्ने सम्भावना भएकाले विगतमा झैं अनुगमन गरिएको पोखरा महानगरपालिका उपप्रमुख एवं अनुुगमन समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताइन् ।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री बिक्री वितरण गरेको, नापतौल मेसिनसहित पसलको समेत नवीकरण नगरेको, अनुमति नलिई प्याकेजिङ गरेको, मूल्यसूची टाँस नगरेको, लेवल नभएका सामान बिक्रीका लागि राखेकोसमेत भेटिएको पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)