सिटिजन्स बैंकद्वारा ५.९९५ स्थिर ब्याजदरमा घर कर्जा र सवारीसाधन कर्जा योजना सार्वजनिक
corporatenepal.com · Wed Sep 09 09:56:42 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा “सजिलो घर कर्जा” साथै ३ वर्षको लागि स्थिर रहने गरि ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत कायम रहेको व्याजदर घर कर्जा मा ५ बर्ष सम्म स्थिर र सवारीसाधन कर्जा मा ३ बर्ष सम्म स्थिर रहने छ । स्थिर अबधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ । यस आकर्षक योजनामा सहभागी हुनको लागि ग्राहकहरुले नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)