सिटिजन्स बैंकले ल्यायो ५.९९% स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना
clickmandu.com · Wed Sep 09 10:06:00 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदर घर र गाडी किन्ने कर्जा दिने भएको छ । बैंकले ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गर्दै ५.९९ प्रतिशतको स्थिर ब्याजरमा नै उक्त कर्जा दिने घोषणा गरेको हो ।
‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले घर कर्जामा ५ वर्षका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । त्यसैगरी, व्यक्तिगत सवारीसाधन कर्जामा ३ वर्षका लागि ५.९९ प्रतिशत प्रतिवर्ष स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)