बाढीले बगाएको खानेपानी मुहान बनाउन श्रमदान
ekantipur.com · Sat Oct 05 23:29:48 UTC 2024

काठमाडौँ — ललितपुर टीकाभैरवकी ५३ वर्षीया गोमा घिमिरे बाढीले क्षति पुर्याएको खानेपानीको मुहान मर्मत गर्न गत मंगलबारदेखि श्रमदानमा व्यस्त छिन् । एक साताअघिको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका–६ स्थित लेलेको भाङखुरिया वनको वासुकी क्षेत्रमा खानेपानी मुहानमा क्षति पुर्याउनुका साथै पाइप बगाएको थियो । खानेपानीको समस्या भएपछि स्थानीय आफैं मुहान मर्मतमा जुटेका हुन् ।
टीकाभैरव र सिर्खपाका करिब ३ सय घरधुरी मुहान मर्मत र पाइप जडान गर्न गत सोमबारदेखि खटिएका छन् । दैनिक ७० जनाको हाराहारीमा जुट्ने गरेका छन् । शनिबार कान्तिपुर संवाददाता भाङखुरिया वनमा पुग्दा कोही पहिरो पन्छाउन व्यस्त देखिन्थे भने कोही कुटोकोदाली लिएर खन्दै थिए । कोही पाइप बिछ्याउँदै थिए, केही भने पाइप जोड्न आगो बाल्दै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)