उपत्यकाको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गर्दै प्रशासन
onlinekhabar.com · Sat May 01 17:45:22 GMT 2021
१८ वैशाख, काठमाडौँ । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘ अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौ।’ पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्नन स्थानमा स्थलगत निरिक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था जानकारी लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)