वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
corporatenepal.com · Wed Jun 17 10:52:01 GMT 2026

काठमाडौँ । युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको बताउँदै आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ का रूपमा काम गर्ने तयारीमा आफू जुटेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आन्तरिक रोजगारीका अवसर विस्तार गर्न आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रूपमा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । उनले यसका लागि आवश्यक नीतिगत सुधारका काम अगाडि बढाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)