बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग
corporatenepal.com · Mon Nov 24 22:43:46 GMT 2025

काठमाडौं । पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई रु दुई लाख जरिवाना गरेको छ । सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।
अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को (१) बमोजिम कारबाही गरिएको हो । विभागले काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)