उपराष्ट्रपति यादव र रुसी राजदूतबीच शिष्टाचार भेट
gorkhapatraonline.com · Wed Jun 17 11:12:22 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका विविध आयाम तथा आपसी हितका विषयमा सौहार्दपूर्ण संवाद भएको थियो । उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र रुसी महासङ्घबीच मैत्रीपूर्ण सम्बन्ध रही आएकामा सन्तोष व्यक्त गर्नुभयो । उहाँले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पूरा हुन लागेको प्रसङ्ग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)