रविले आज संसद्मा किन सम्झेनन् जेनजीको योगदान ?
nagariknews.nagariknetwork.com · Wed Sep 09 10:24:29 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज संसद्मा सम्बोधन गरे । उनले सदनमा आफू ठूलो हिम्मत जुटाएर र अत्यन्तै भारी मन लिएर उभिएको बताए । यो सम्बोधनमा उनले धेरै विषय समावेश गर्ने अपेक्षासहित सम्बोधन सुन्ने संसद्बाहिरको तप्का पनि थियो । तर उनलाई आज यो स्थानमा पुर्याउने जेनजीको भूमिका र योगदान बारे उनले केही बोलेनन् ।
जुन राजनीतिक परिवर्तनको जगमा उनको पार्टी आजको हैसियतमा पुगेको हो त्यही परिवर्तनका मुख्य संवाहक जेनजी पुस्ताको योगदान संसद्को सम्बोधनमा अनुपस्थित भयो । भलै हिजो भदौ २३ मा सरकारले जेनजी दिवसको अवसरमा सार्वजनिक बिदा नै दियो । तर आज सत्तारुढ दलका सभापतिले जेनजी योगदानको विषयमा कुनै उच्चारण नै गरेनन् । गत वर्ष सम्झँदा आजकै दिन देश जलेको दिन हो । यो दिन देश खरानी भएको दिन हो । सिंहदरबार जलेको दिन हो । तर त्यही सिंहदरबार पुग्दा उनले यसको पुनर्निर्माणको विषय किन सम्झेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)