वैश्विक केन्द्र बन्दै हिमाल वारिपारि
himalpress.com · Sun May 24 15:55:58 GMT 2026

काठमाडौँ – दोस्रो विश्वयुद्धपछिको अमेरिकी नेतृत्वमा स्थापित एकध्रुवीय विश्व व्यवस्था क्रमशः कमजोर बन्दै बहुध्रुवीय शक्ति संरचनातर्फ उन्मुख भएको छ। चीन, भारत र रुसजस्ता उदाउँदा तथा पुनःसक्रिय शक्तिहरूबीचको बढ्दो प्रतिस्पर्धा र सहकार्यले विश्व राजनीतिक-आर्थिक सन्तुलन पुनःपरिभाषित गरिरहेको हो। यही परिवर्तनको केन्द्रमा रहेको दक्षिण एसिया जनसंख्या, बजार र रणनीतिक अवस्थाका कारण नयाँ भूराजनीतिक आकर्षण बन्दै गएको छ, जसले नेपालजस्ता मुलुकलाई अवसरसँगै जटिल कूटनीतिक चुनौती पनि थपिदिएको छ।
भारत र चीनमा रहेको जनसंख्या, स्रोतसाधन र प्राविधिक प्रगतिका कारण दक्षिण एसिया (विशेष गरी चीन-भारत केन्द्रित) यो परिवर्तनको मुख्य केन्द्र बन्दै गएको छ। भारत र चीनमा मात्र करिब तीन अर्ब जनसंख्या छ, जसले विश्व अर्थतन्त्र, ऊर्जा र सुरक्षा नीतिलाई प्रभावित गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)