‘मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता’ सुरु
barnanmedia.com · Sun May 24 15:47:08 GMT 2026

काठमाडौँ, १० जेठ : नेपाली कांग्रेसका नेता एवं काठमाडौँ महानगरपालिका–१६ का पूर्वअध्यक्ष स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा ‘मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा लैनचौर मैदानमा सुरु भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको आज काठमाडौँ महानगरपालिका–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले युवालाई खेलकुद क्षेत्रमा आकर्षण गर्न र तत्कालीन वडाध्यक्ष रिजाललाई सम्मान गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले खेलकुदमात्र नभई सामाजिक एकता, अनुशासन र सकारात्मक सोचको सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
आजदेखि सुरु भएको उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका १३ वडाका टोलीको सहभागिता छ । यही जेठ १४ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजयी टोलीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)