आईएमई लाइफले गर्याे दृष्टिविहीन विद्यार्थीको शिक्षामा सहयाेग
aarthiknews.com

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरु उपलब्ध गराइनेछ ।
आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयहरुमा अध्ययनरत दृष्टिविहीन बाल बालिकाहरुको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ