झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा
nepalpress.com · Wed Jun 17 11:24:05 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा मागेका छन् । ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै प्रचण्ड-माधवले पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् ।
पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह-संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ