साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार दिइने
barnanmedia.com · Tue Jul 08 21:43:55 GMT 2025

काठमाडौँ, २५ असार: शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार दिने व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मनुभएका उहाँले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेख्नुभएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)