मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीनसँगको नाकाका दुखः भुकम्पले तातोपानीबाट टिमुरे सारेको नाका पनि कोल्याप्स, अब कहाँ ?

barnanmedia.com · Tue Jul 08 22:18:18 GMT 2025

ल्यान्डलक नेपालका दुख अनेक छन्। भारतसँग सहज सिमा छ तर बेलाबेला राजनीतिक मुद्दाका कारण नाकाबन्दी लाग्ने गर्छ। अझ एउटा देशमा निर्भर व्यापार ठिक हुने कुरै भएन। त्यही भएर सरकारले उत्तरी छिमेकी चीनसँगको व्यापार नाकालाई पनि प्राथमिकता दियो। नेपाल र चीनबीचको सबैभन्दा ठूलो नाका सिन्धुपाल्चोकको तातोपानी थियो। तर, ०७२ को भूकम्प अनि त्यसपछिको बाढीले तातोपानी नाका कोल्पास भयो। जसोतसो ८ वर्ष लगाएर पुनर्निर्माण गरिए पनि नियमित छैन। बरु नाका रसुवाको टिमुरे अर्थात् रसुवागढी सिफ्ट भएको थियो। नेपालले मात्र होइन चीन सरकारले पनि यो नाकालाई प्राथमिकता दिँदै आएको थियो। तर, मंगलबार बिहानको बाढीले टिमुरे नाका पनि कोल्याप्स गरिदिएको छ। केरुङ नाका तत्काल खुल्ने छैन।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशीमा भीषण बाढी ःआउदा रसुवागढी नाकाको मितेरी पुल बगाएको छ भने, बन्दरगाहमा राखिएका ६४ गाडी गाडी बगेका छन् । पाँच जनाको शव फेला परेपनि १९ जना बेपत्ता छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)