नेपाल वायुसेवा निगमलाई उकास्न उपयुक्त मोडलको खोजी हुँदै : पर्यटनमन्त्री पौडेल
gorkhapatraonline.com · Wed Jun 17 11:28:53 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निगम दुर्गतिमा फसेको उल्लेख गर्नुभयो । उहाँले संरचनागत रूपमै आमूल सुधार गर्न राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी भइरहेको स्पष्ट पार्नुभयो । निगम पखेटा घाइते भएको चराजस्तो भएको टिप्पणी गर्दै उहाँले यसलाई सुधारको बाटोमा अघि बढाउन सरकार प्रयासरत रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)