वृक्षारोपण गरेर मनाइयो वातावरण दिवस
gorkhapatraonline.com · Fri Jun 05 13:53:17 GMT 2026

ताप्लेजुङमा वृक्षारोपण, झाडी सफाइ र बिरुवा गोडमेल गरेर विश्व वातावरण मनाइएको छ । डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहसहित विभिन्न सङ्घ संस्थाले वृक्षारोपण, झाडी सफाइ लगायतका गतिविधि गरेर वातावरण दिवस मनाएका हुन् ।
‘समृद्ध भविश्यको आधारः जलवायु एवम् प्रविधिमैत्री विकास’ भन्ने नारासहित डिभिजन वन कार्यालय ताप्लेजुङले सडक किनारा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयको आयोजनामा फुङ्लिङ नगरपालिका–३ केनिमस्थित बहानन्दे–दोभान खण्डअन्तर्गत सडक किनारामा वृक्षारोपण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)