मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतमा लागूऔषध कारोबार अभियोगमा एक नेपालीलाई दुई वर्षकाे जेल सजाय

barnanmedia.com · Tue Jul 08 23:23:16 GMT 2025

बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति गरेको अभियोगमा एक नेपाली जेल चलान भएका छन् । लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई ११ जुनमा एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सुनाएको हो ।

उनले ड्रग बेच्ने उद्देश्यले आफूसँग राखेको पनि स्वीकार गरेका छन् । हाइवेकमस्थित किचनर रोडमा ड्रग सप्लाई गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले लामालाई गत वर्ष २८ अक्टुबरमा पक्राउ गरी भोलिपल्ट अक्टोबर २९ मा अभियोग लगाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)