मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रमा तिवारी हत्या प्रकरण : मध्यरातमा हत्या, बिहान मन्दिरमा प्रायश्चित

onlinekhabar.com · Fri Jun 05 13:50:15 GMT 2026

२२ जेठ, विराटनगर । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या मा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । १३ जेठ मध्यरातमा भेटघाटपछि लेनदेन विवादमा तिवारीको हत्या गरेको आरोपमा प्रहरीले भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेको हो ।

प्रहरीले पण्डितलाई बिहीबार दमक नगरपालिका-५ स्थित डेराबाट पक्राउ गरेको थियो । उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेपछि प्रहरीले शुक्रबार घटनाको विवरण सार्वजनिक गरेको हो । पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय