बैंकका कर्मचारीलाई २ गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध
ratopati.com · Wed Jun 17 11:32:12 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि 'कर्मचारी सेवा विनियमावली'को परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित, पारदर्शी र एकरूपता कायम गर्न राष्ट्र बैंकले यस्तो मस्यौदा सार्वजनिक गरेको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरोकारवालाहरूलाई २०८३ असार १५ गतेसम्म लिखित राय तथा सुझाव पेस गर्न आह्वान गरेको छ। उक्त समयसम्म आएका सुझावलाई समेत समेटेर मापदण्ड तय गर्ने राष्ट्र बैंकको योजना छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)