सरकारसंग तीन बुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
kalakarmi.com · Tue Jul 08 23:41:31 GMT 2025

काठमाडौं- उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलनरत नेपाल चिकित्सक संघसँग सरकारले तीन बुँदे सहमति गरेको छ । सहमतिपछि नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संघ संस्थाहरुले सबै किसिमका आन्दोलनहरु मंगलवार रातिदेखि नै स्थगन गरी नियमित सेवा सुचारु गर्ने उल्लेख छ ।
विभिन्न माग राख्दै आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)