मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाप्रति मोहन बस्नेतको टिप्पणी- हुतीहारा !

nepalpress.com · Wed Sep 09 10:45:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापा हुत्तिहार भएको टिप्पणी गरेका छन्। भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापा सरकारको भजन गाएर हिँडेको आरोप लगाए।

उनले भने, ‘गगन थापाजीले सरकारको भजन गाउने सिवाय अरू काम केही गरिरहेको छैन। यस्तो पनि प्रमुख प्रतिपक्षी दल हुन सक्छ? हुतीहाराहरू। जेनजीहरूको घटनापछि सबभन्दा पहिला नेपालमा सभा गरेर विरोध गर्ने मान्छे यही समूहको कांग्रेस म हुँ। गगनजी र विश्वप्रकाशजीले हामीले गल्ती गर्‍यौँ, हाम्रा नेता मानेन, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देऊ, जेनजी हो भन्दै हिँडेको नालायक हुतीहारा हुन्।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)