माधव नेपाललाई साथ नदिएका ९ नेताले भने : हाम्रो सामू एमालेलाई विभाजनबाट जोगाउने चूनौति छ (विज्ञप्तीसहित)
reportersnepal.com · Fri Aug 20 17:27:56 GMT 2021
काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का एकता पक्षधर नेताहरुले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवैलाई गम्भीर बन्न आग्रह गरेका छन् । लामो समयसम्म माधव नेपालको पक्षमा रहेका ९ जना नेताहरुले आज केन्द्रीय सदस्य तथा सांसदहरुसँग अन्तरक्रिया गरेपछि जारी गरेको संयुक्त विज्ञप्तीमाफर्त एकताको लागि अध्यक्ष भएको नाताले केपी शर्मा ओली बढि जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
उनीहरुले एकताको लागि अध्यक्ष ओलीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिन पनि जोड दिएका छन् । त्यस्तै, उनीहरुले नयाँ दल दर्ताको लागि निवेदन दिएका माधव नेपालालई पनि उक्त प्रक्रिया रोक्न भनेका छन् । उनीहरुले एमालेलाई विभाजनबाट जोगाउने चूनौति आफूहरुसामू रहेको पनि उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)