सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
aarthiknews.com

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो।
बालकहरू नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा तथा खुर्कोटस्थित सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)