केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने एमालेको निर्णय
annapurnapost.com · Sun May 24 16:05:02 GMT 2026

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने निर्णय भएको छ। आज बसेको सचिवालय बैठकले असारको १५ गतेदेखि २० गतेभित्र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तय हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)