अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी
canadanepal.com · Sun May 10 18:01:22 GMT 2026
तेहरान - इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ । यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो ।
एएफपीले प्राप्त गरेको सूचना अनुसार संयुक्त राज्य अमेरिका र बहराइनले इरानलाई जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घमा पेश गर्न तयार पारिएको प्रस्तावको मस्यौदा तयार गरेका छन् । प्रस्तावमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि एक प्रमुख तनावको केन्द्र बनेको ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)