अफगानिस्तानसँगको पहिलो टि–२० मा बंगलादेश विजयी
Ujyaaloonline.com · Sat Jul 15 00:45:45 GMT 2023
काठमाण्डाै – घरेलु टोली बंगलादेशले पहिलो टि–२० खेलमा अफगानिस्तानलाई दुई विकेटले हराएको छ । योसँगै दुई खेलको टि–२० श्रृंखलामा बंगलादेशले १–० को अग्रता बनाएको छ ।
जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै भेट्टायो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ६ रन चाहिएको थियो । मेहेदी हसन मिराजले पहिलो बलमै चौका प्रहार गरेपछि बाँकी ५ बलमा दुई रन आवश्यक थियो । लगत्तै करिम जन्नतले ह्याट्रिक विकेट लिए । पाँचौं बलमा शोरिफुल इस्लामले चौका हानेपछि बंगलादेश विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)