नर्वेले पहिलो खेलमा तीनजना पूर्व विश्वकप खेलाडीका छोराहरूलाई मैदान उतार्यो, बन्यो कीर्तिमान
clickmandu.com · Wed Jun 17 11:55:12 GMT 2026
एजेन्सी । अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको सन् २०२६ को फिफा विश्वकप अन्तर्गत इराक विरुद्धको खेलमा नर्वेले एकै खेलमा तीनजना पूर्व विश्वकप खेलाडीका छोराहरूलाई मैदान उतारेर फुटबल इतिहासमै पहिलोपटक यस्तो दुर्लभ कीर्तिमान राखेको छ ।
मंगलबार भएको सो खेलमा अर्लिङ हालन्ड, अलेक्जेन्डर सोर्लोथ र क्रिस्टियन थोरस्टभेडले नर्वेको तर्फबाट खेल्दै यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेका हुन् । ठीक ३२ वर्षअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपका क्रममा जुन २३ मा इटाली विरुद्धको खेलमा नर्वेले अल्फ–इन्गे हालान्ड (अर्लिङ हालन्डका बुवा), गोरान सोर्लोथ (अलेक्जेन्डर सोर्लोथका बुवा) र एरिक थोरस्टभेड (क्रिस्टियन थोरस्टभेडका बुवा) लाई एकैसाथ मैदानमा उतारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)