स्वास्थ्य बीमा ऐन संशोधनको तयारी
shilapatra.com · Wed Jun 17 11:52:55 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन ऐन संशोधन आवश्यक रहेको उल्लेख गरिन् । उनले आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमाबाट अलग गर्ने प्रस्तावसमेत अघि बढाइएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)