पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा
ratopati.com · Sun May 10 19:39:32 GMT 2026

काठमाडौँ । आराध्य देव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (सट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ ।
भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो । महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘ महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)