मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी शहीद परिवारका १६ जनाले पाए प्राधिकरणमा जागिर

nagariknews.nagariknetwork.com · Wed Jun 17 11:40:32 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद भएका परिवारले विद्युत प्राधिकरणमा जागिर पाएको भन्दै खुशी व्यक्त गरेका छन्।

उनले गत भदौ २३।२४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका १६ परिवारका सदस्यहरुले नेपाल प्राधिकरणमा करारमा जागिर प्राप्त गरेकामा आफुले खुशी र सन्तुष्टि प्राप्त भएको बताएका हुन्।

उनले आफु ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा आफ्नै अध्यक्षतामा गत पुष २२ गते बसेको समितिको बैठकले उक्त निर्णय गरेको बताएका छन्।

घिसिङले सामाजिक सञ्जाल मार्फत तत्कालीन समयमा २७ वटा शहीद परिवारका निवेदन प्राप्त भएको भन्दै शहीद परिवारका सदस्यहरूको पहिचान गरी उनीहरूको शैक्षिक योग्यताका आधारमा नजिकैको प्राधिकरण कार्यालयमा तीन तहसम्म करार नियुक्तिको व्यवस्था गरिएको बताएका छन्।

उनले शहीद परिवारको लागी भएको निर्णय सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा गरिएको समेत बताएका छन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय